आज देखि काठमाडौं उपत्यकामा सार्वजनिक बस चल्न थाले
१५ असार, रौतहट । कोरोनाका कारण लामो समयदेखि बन्द भएको सार्वजानिक बस आज बिहानैदेखि काठमाडौँ उपत्यकामा चल्न थालेका छन् ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएसंगै सार्वजानिक यातायात पनि सञ्चालन हुन पाएका थिएन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर(बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी उक सातालाई निषेधाज्ञा थप गर्ने निर्णय गरेसंगै २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउने निर्देशन दिएका छन् ।






