बालुवाटारमा गठबन्धनको बैठक जारी
द नेपाल मिडिया
१२ आश्विन २०७९, बुधबार ११:३३
१२ असोज, रौतहट । सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सिट बाँडफाँडको टुङ्गो लगाउन आज बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाइएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सिट बाँडफाँडको विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच बुधबार बिहान ९ बजेदेखि नै छलफल सुरु भएको छ ।






