स्वदेश पुगे ‘प्रेम गीत ३’ टिम

   ९ आश्विन २०७९, आईतवार १२:४८  

९ असोज, रौतहट । चलचित्र प्रिमियरका लागि मुम्बई गएका ‘प्रेम गीत ३’ का टिम स्वदेश फर्किएका छन् ।

शक्रबारदेखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको चलचित्रको प्रिमियरका लागि अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङ, निर्माता एवं निर्देशक सन्तोष सेन लगायतको टिम गतसाता भारतको मुम्बई पुगेका थिए ।

स्रोतका अनुसार ‘प्रेम गीत ३’ का निर्माण टिमले शनिवार मुम्बईबाट नेपालगञ्ज पुगेर दर्शकको प्रतिक्रिया समेत लिई हिजो राति नै काठमाडौँ फर्किएका हुन् ।