शीतलनिवासमा राष्ट्रपति र थापाबीच भेटवार्ता

   २८ भाद्र २०७९, मंगलवार ११:०७  

२८ भदौँ, रौतहट । शीतलनिवासमा आज राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार भएको भेटका क्रम नागरिकता विधेयक र मुलुकको समसामयिक बिषयमा छलफल भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा विचाराधीन रहेको बताइएको छ ।

यसअघि राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गर्दा थापाले समर्थन गरेका थिए ।