नक्कली शैक्षिक प्रमाणपत्र बनाउने तीन जना प्रहरीको हिरासतमा

२२ भदौँ, रौतहट । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
रोजगारीको शीलशीलामा विदेश जानेहरुसंग ५ सय १ हजार रुपैयाँ लिई एसएलसी, प्लस टु उत्तिर्ण गरेका नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा तीन जनालाई सोमबार हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका ९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका संचालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका ४ घर भई काठमाडौंको बानेश्वरमा बस्दैँ आएको जेनरल फोटो स्टुडियोका संचालिका ४३ वर्षीया सुमित्रा कोईराला र सोलुखुम्बु दुधकुण्ड गाउँपालिका ४ घर भई बानेश्वर बस्ने आरएन फोटो स्टुडियोका संचालक २४ वर्षीया फुल्हमु तामाङ रहेका प्रहरीले जनाएको छ ।
पैसाको लोभमा परेर वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको नक्कली शैक्षिक प्रमाणपत्र बनाएको भन्दैँ गोप्य सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले भदौँ २० गते (सोमबार) तीनै जनालाई हिरासतमा लिएको छ ।
पक्राउ परेका तीनै जनामाथि यसबारे अनुसन्धानका लागि प्रहरी वृत गौशाला काठमाडौँमा पठाइएको छ ।