लोसपा अध्यक्ष ठाकुर सप्तरी २ बाट सिफारिस

   २२ भाद्र २०७९, बुधबार १२:२६  

२२ भदौँ, रौतहट । आगामी निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट सिरफारिस गरिएको छ ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुरको नाम पनि सिफारिस भएको छ ।

आगामी मंसिर ४ गते (आइतबार) हुने चुनावका लागि जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले अध्यक्ष ठाकुरको नाम सिफरिस गरेको स्रोतेले जनाएको छ ।