बाहिर चर्चा गरिएजस्तो सिट बाँडफाँटमा समस्या छैन;अध्यक्ष प्रचण्ड

   १० भाद्र २०७९, शुक्रबार १३:१६  

१० भदौँ, रौतहट । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँडमा समस्या नरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

गठबन्धनमा सिट बाँडफाँटको विषय बाहिर चर्चा गरिएजस्तो जटिल नभएको माओवादीका अध्यक्ष प्रचण्डले जनाएका हुन् । कार्यदललाई निर्वाचन क्षेत्रको अवस्था बुझेर भागबण्डाको खाका तयार गर्न निर्देशन दिइएकोले एक, दुई दिनमा टिकट बाँडफाँडबारे सहमति हुने प्रचण्डले बताएको स्रोतले जनाएको छ ।