सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   १ भाद्र २०७९, बुधबार १२:४३  

१ भदौँ, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोलामा ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार तेजावी सुनको कारोबार तोलामा ९५ हजार ७ सय रुपैयाँमा भइरहेको छ । यसअघि, तेजावी सुनको मूल्य तोलामा ९६ हजार २ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर आज प्रतितोलामा १ हजार २ सय २० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।