माओवादीको चुनाव चिन्हबाटै वामदेव गौतम निर्वाचन लड्ने

   ३१ श्रावण २०७९, मंगलवार १२:१५  

३१ साउन, रौतहट । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले पनि नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाटै निर्वाचन लडने भएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्न वामदेव गौतम तयार भएका हुन् ।

आज बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गौतमलाई आफ्नो चुनाव चिन्हबाट लड्ने अनुमति दिएको हो ।