रौतहटमा बाढीले बगाउदा एकको मृत्यु
साउन ७, रौतहट ।
लालबकैया नदीमा आएको बाढीले बगाउदा रौतहटको कटहरीयामा एक जनाको मृत्यु भएको छ ।
कटहरीया नगरपालिका १ भसेडवाका२५ वर्षिय बैजु यादवलाई खोलाले बगाएको हो । बाढीको पानी सँगै बगेर आएका काठ दाउरा झिक्ने क्रममा उनलाई पानीले बगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।
मंगलवार चन्द्रपुर वडा नं. ३ गैडाटारमा चादी नदीले बगाएका ५८ वर्षिय सुकमान थिङ्ग मृत अवश्थामा फेला परेका थिए । यो सँगै रौतहटमा बाढीका कारण मृत्यु हुनेको सँख्या दुई पुगेको डिएसपी श्रेष्ठले बताए ।