सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
द नेपाल मिडिया
७ असार २०७८, सोमबार १२:५०
७ असार, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार बढेर प्रतितोलामा ९० हजार ४ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, आज तेजाबी सुनको कारोबार ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार तेजाबी सुनको मूल्य तोलामा ८९ हजार ५ सय ५० रुपैयाँ निधारण गरिएको थियो ।
त्यस्तै, आज तोलामा ५ रुपैयाँ बढेर चाँदीको भाउ प्रतितोलामा १ हजार २ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाए ।






