४० हजार घुससहित अधिकृत पक्राउ
६ असार, रौतहट । धादिङबाट ४० हजार घुससहित एक अधिकृत पक्राउ परेका छन् ।
निलकण्ठ सव–डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृतलाई ४० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
फर्निचर उद्योगसँग उक्त रकम घुस मागिरहेको अवस्थामा नै अख्तियारले सहायक वन अधिकृत कृष्णप्रसाद पौडेललाई हिरासदमा लिएको आयोगले जानकारी दिए ।
सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भन्दै कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाउने भन्दै उनले ४० हजार नगद माग गरेको गोप्य सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिरासदमा लिएको हो ।






