सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालनमा

   ६ श्रावण २०७७, मंगलवार १६:४३  

साउन ६, रौतहट । कोरोना भाईरस (कोभिड १९)का कारण लामो समयदेखी बन्द रहेको सार्वजानिक यातायात साउन ८ गतेदेख्ी सञ्चालन गर्ने यातायात व्यावसायीले घोषण गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।

तर मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।