साउन ८ बाट विद्यार्थी भर्ना खुला गर्ने निर्णय

   ६ श्रावण २०७७, मंगलवार १५:५०  

साउन ६, रौतहट । कोरोना भाईरस (कोभिड १९)का कारण बन्द रहेको विद्यालयहरुमा साउन ८ गते पछि भर्ना गर्न दिने सरकारले तयारी गरेको हो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पाृखरेलले भने, स्कूल खुल्दैन तर अभिमुखीकरण सुरुगर्ने तयारी गरिएको छ ।

उनका अनुसार सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ । साथै क्वारेन्टिन स्थल बनाएका विद्यालयहरुमा निर्मलीकरण गर्ने लगायतका विषयमा पनि निर्णय भएको बताइएको छ ।