केहीबेर नेकपा बैठक बसेर, एक हप्ताका लागि स्थगित

   ६ श्रावण २०७७, मंगलवार १५:०३  

साउन ६, रौतहट । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का बैठक आज केहीबेर बसेर फेरी एक हप्ताका लागी स्थगित भएको छ ।

पटक पटक स्थगित हुदैँ आएको नेकपा बैठक मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर बैठक बसेर साउन १३ गतेसम्मका लागी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका हुन् । तर

आज बसेको बैठकमा साउन ४ गतेदेखी निरन्तर भईरहेको वर्षाका कारण देशभर आएको बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय भएको छ ।

बालुवाटारमा बसेको बैठकले सरकारलाई राहत र उद्धारमा गम्भीरतापूर्वम लाग्नका लागी आग्रह गरेको छ । त्यस्तै पार्टीका नेता कार्यकर्ताहरुलाई पनि बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारका लागि स्वयंसेवी रुपमा जुटनका लागी निर्देशन दिएको छ ।

बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको छ । बैठकले सरकारलाई राहत र उद्धारमा गम्भीरतापूर्वम लाग्न आग्रह गरेको छ । यस्तै बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारका लागि स्वयंसेवी रुपमा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलाई पनि निर्देशन दिएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भएका थिएनन् ।

नेकपा बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ । त्यसयता असार १० मा बैठक सुरु भएको थियो, भने असार १८ देखी स्थगित हुँदै आएको थियो ।