सुनको मूल्यमा सामान्य गिरावट
२७ जेठ, रौतहट । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार प्रतितोलामा तीन सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँ तोकिएको हो ।
यस्तै, बिहीबार तेजाबी सुनको पनि भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाए ।
सुनको मूल्यमा सामान्य गिरावट भएपनि चाँदीको मूल्यमा ५ रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोलामा १ हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।






