रौतहटको शिवनगरमा बाढी, २३ परिवार विस्थापीत
श्रावण ६, रौतहट ।
रौतहटको शिवनगरमा बाढीको पानी पसे पछि २३ घरपरिवारलाई स्थानान्तरण गरिएको छ ।
गरुडा नगरपालिका ५ शिवनगर स्थित झाँझ खोलको जलस्तर वृद्धि भएर बाढी आए पछि २३ वटा घरका व्यक्तिहरुलाई अन्यत्र सारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बाढीको पानीका कारण डुबान भएकोले ईलाका प्रहरी कार्यालय शिवनगर बाट प्रहरी नायब निरिक्षकको कमाण्डमा खटिएको टोलिले डुबान पिडित मानिसहरुलाई उनीहरुको आफन्त तथा छरछिमेकमा स्थानान्तरण गरि सुरक्षित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।






