गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि
द नेपाल मिडिया
६ श्रावण २०७७, मंगलवार १३:४९
साउन ६, रौतहट । गण्डकी प्रदेशमा आज थप ९ जनामा कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ जना थपजएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २९ पुगेको छ ।
म्याग्दी, बागलुङ र स्याङ्जामा ३÷३ जना नयाँ संक्रमित थपिएका हुन, भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २ जना र बेनी नगरपालिकामा एक जना संक्रमित भेटिएका छन ।
त्यस्तै बागलुङको ताराखोला गाउँपालिकामा ३ जना कोरोना संक्रमित फेलापरेका हुन्, र स्याङ्जाको फेदीखोला गाउँपालिकामा पनि ३ जना संक्रमित भेटिएका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।