नक्कली स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्ने व्यक्ति पक्राउ
२५ जेठ, रौतहट । नक्कली उद्योग संचालन गरी कस्मेटिक तथा स्यानिटाइजर सामान उत्पादन गरेको भन्दै काठमाडौँको सानो भ¥याङबाट एक जना पक्राउ परेका छन् ।
नक्कली उद्योग व्यवस्थापन गरेको आरोपमा धादिङ नीलकण्ड नगरपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय दीपक श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
स्यानिटाइजर र कस्मेटिक कम्पनी खोली अवैधरुपमा भातरयि ब्राण्डका नक्कली सामान उत्पादन गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दा नक्कली पाँच लिटर, ५०० र १०० मिलीलिटरका समेत गरी २०० कार्टुन स्यानिटाइजर बरामद गरिएको छ ।
नक्कली स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्दै आएका हुण्डी कारोबारमा संलग्न तीन जनामध्ये एक जना पक्राउ परेका छन्, भने अन्य दुई जना फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको छ, भने फरार भएका दुवै जना खोजी भइरहेको प्रहरीले जनाएको छ ।






