अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिन्; मनिषा कोइराला

   २४ जेष्ठ २०७८, सोमबार १५:३७  

२४ जेठ, रौतहट । बलिउड अभिनेत्री मनिषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेकी छन् ।

कोइराला फाउन्डेशनबाट पीपीई सेट ४१०, एन नाइन्टीफाइभ मास्क ३०० थान, चस्मा ३५० थान,१० हजार ट्याबलेट डेक्सोना औषधि, रियुजेबल गाउन ६० सेट सहयोग गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।

अभिनेत्री कोइरालाले प्रदान गरेकी स्वास्थ्य सामाग्री काठमाडौँबाट नेपाली सेनाको सहयोगमा जुम्ला ल्याउनमा नेपाली सेनाले सहयोग गरेको हो । प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलको समन्वयमा कोइरालाले फाउन्डेशनमार्फत सहयोग गरिएको हो ।