नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको तीन सूत्र
द नेपाल मिडिया
६ श्रावण २०७७, मंगलवार १३:१२
साउन ६, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीमा जारी संकट समाधानका लागि तीन सूत्र अघि सारेका छन ।
मंगलबार टवीट गर्दै नेकपा प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा बटमलाइन भएको बताए । उनले भनेका छन, ‘पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिर्वतन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔं ।’
यद्यपि उनले यथास्थितिमा गुणात्मक परिर्वतन भनेको के हो खुलाएका छैनन ।






