सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

   २० जेष्ठ २०७८, बिहीबार १२:४८  

२० जेठ, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार अघिल्लो दुई दिनदेखि स्थिर रहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको भाउ आज तोलामा ९४ हजार ४ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिए । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बुधबार मंगलबार भन्दा तोलामा १० रुपैयाँले घटेर एक् हजार तीन सय ६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।