चौधरी उद्योगको बियर प्लान्टमा आगलागी
१९ जेठ, रौतहट । नवलपरासी को देवचुली नगरपालिका २ केरारेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा आज बिहान आगलागी भएको छ ।
उद्योगको आइस वियर प्लाण्टमा बुधबार बिहान ८ बजेतिर अचानक आगलागी भएको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिए । बियर प्लान्टमा लागेको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीनवटा वारुणयन्त्र ९दमकल० प्रयोग गरिएको छ ।
बोटलिङ प्लान्ट र गोदाममा आगो लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार आगलागीका कारण थाहा हुन नसकेको छैन् । क्षतिको विवरण आउन बाँकी नै रहेको समेत उनले बताए ।






