काठमाडौंमा माथिबाट पहिरो खस्दाँ एक जनाको मृत्यु
द नेपाल मिडिया
५ श्रावण २०७७, सोमबार ११:३७
साउन ५, रौतहट । काठमाडौँमै आईतबार साँझ गएको पहिरोबाट एक जना युवकको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरी नगरपालिकाका गागलफेदीमा पहिरोबाट २२ वर्षीय युवकको मृत्यु भएको छ ।
गुरुङ र उनकी आमासहित अन्य व्यक्ति घरबाट बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो आएको कारण नवराज गुरुङको मृत्यु भएको वडाध्यक्ष मुकुन्द गजुरेले बताए । माथिबाट पहिरो आएर थिचेको बेला नै कराएपछि १० मिनटमै निकालेछन् यद्यपि, ज्यान जोगिएन ।
गजुरेलले जानेकारी दिएका हुन् । काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले नवराज गुरुङलाई मृत्यु भएको पुष्टि गरेका छन् ।