थप १५६ जनामा कोरोना संक्रमण, ५८ जना डिस्चार्ज
साउन ४, रौतहट । पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ १ सय ५६ संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।
बितेको २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ ज्नाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै सप्तरीका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ जिल्लामा कोरोना भाईरसका संक्रमण शून्य संख्यामा रहेको छ । भने, कैलालीमा २४ जना, सर्लाहीमा २३ जना, बर्दिया र नवलपरासीमा १० र १० जना, पर्सामा ७ जना, कास्की, र म्याग्दीमा ६ र ६ जना, बाँके र दाङमा ५र५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ललितपुर, सर्लाही र रौतहट, स्याङ्जा, रुपन्देही र डडेल्धुरामा २र२ जनामा कोरोना पुष्टि भएको छ ।
सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्युठान र सल्यानमा पनि १ र १ जनामा संक्रमण देखिएको छ । अहिले रौतहट, कैलाली र बाजुरामा भने ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार ८ जिल्लामा हाल कोरोना संक्रमित छैनन् । भोजपुर पाँचथर धनकुटा रसुवा, मनाङ, मुस्ताङ हुम्ला र जुम्लामा हाल संक्रमित छैनन । आइतबार कोरोना संक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन ।