बन्द रहेको रौतहटका सरकारी कार्यालय आजबाट सञ्चालनमा
द नेपाल मिडिया
४ श्रावण २०७७, आईतवार १७:०८
साउन ४, रौतहट । कोरोना भाईरस (कोभिड १९) रोकथामका लागी बन्द रहेको रौतहटको सरकारी कार्यालयहरु आइतबारबाट सञ्चालनमा आएको छ ।
जिल्लामा कोरोना भाईरसका संक्रमण उच्च बनेपछि, जिल्ला प्रशासन कार्यालयले जेठ ३२ गतेदेखी जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यायल र नापी कार्यालयले दिने सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
असार ३१ गते बसेको बैठक अनुसार कर्मचारी र सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सुचारु गरिएको प्रजिअ घिमिरे बताए ।
जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट नियमित सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।