गौर र इशनाथ आइसोलेशनलाई रेडक्रसको सहयोग
१० जेठ, रौतहट । नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले आज (सोमबार) गौर र ईशनाथ नगरपालिकालाई आइसोलेशनमा आवश्यकता पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी र युनिसेफ नेपालको सहकार्यमा रेडक्रसको रौतहट शाखाद्धारा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको रेडक्रस जिल्ला शाखाका सभापति संजीब कुमार मल्लिकले जानकारी दिएका छन् ।
जिल्ला शाखा रौतहटका सभापति संजीब कुमार मल्लिकले उक्त समाग्रीहरु गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता र ईशनाथ न.पा. का नगरप्रमुख सन्तोष कुमार मेहतालाई हस्तान्तरण गरिएको बताए ।

कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत आइसोलेशनमा उपचार गराई रहेका बिरामीहरुका लागि पानी तताउने किट्ली २० थान, सर्जिकल माक्स ३००० पिस, १०० एमएलको सेनिटाईजर १०० थान, सर्जिकल ग्लोबस २०० पिस, फेस सिल्ड ५० पिस र डसबिन १६ पिस रेडक्रसले सहयोग गरेको छ ।

जिल्ला शाखा रौतहटका सभापति मल्लिकका अनुसार विश्वमै फैलिएको कोरोना महमारीमा आइसोलेशनमा उपचार गराइरहेका लागि केही सहयोग पुग्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । हामीले गरेका सहयोग निश्चित रुपमा यो माहमारीमा, मानव सेवामा अवश्य नै सहयोग पुग्नेछ उनले बताए ।






