नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित

   ४ श्रावण २०७७, आईतवार १४:३४  

साउन ४, रौतहट । नेकपा कम्युनिस्ट पार्टी को स्थायी कमिटी बैठक आज फेरी स्थगित भएको छ ।

आईतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भईसकेको छ ।

अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साउन ६ गते ११ बजे बैठक बस्ने नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गर्दै जानेकारी दिएका छन ।