कार्यरत कर्मचारीलाई कोरोना भएपछि, सम्पूर्ण खर्च बीमा कम्पनीले नै व्यहोर्न
२ जेठ, रौतहट । बीमा कम्पनीमा कार्यरत कुनै कर्मचारीलाई कोरोना संक्रमण पुष्टि सम्पूर्ण खर्च कम्पनीलाई नै व्यहोर्न निर्देशन बीमा समितिले दिएको छ ।
कम्पनीमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि तथा निजको सम्पर्कमा रहेका अन्य कर्मचारीको सम्पूर्ण खर्च कम्पनी आफैलाई व्यहोर्न समितिले निर्देशन दिएको हो ।
हाल कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको छ । संक्रमितको संख्या प्रतिदिन बढेसंगै जोखिम बढ्दै गईरहेको सन्दर्भमा कम्पनीमा कार्यरत कर्मचारीमा संक्रमण जोखिम उच्च हुने भएकोले समितिले यस्तो निर्देशन दिएको जनाएको छ ।
संक्रमति कर्मचारीलाई घर, अस्पताल वा होटलमा आइसोलेसन वा क्वारेन्टीनमा सुरक्षित राख्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ ।
साथै, आइसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारीलाई उक्त अवधिको पूरा तलब सहित अतिरित्त बिदा उपलब्ध गराउने तथा हाजिरीमा अतिरित्त विदा र वोर्क फर्म होम उल्लेख गर्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ ।







