गीतकार तथा कवि कार्कीको कोरोनाका कारण निधन

   २ जेष्ठ २०७८, आईतवार १२:११  

२ जेठ, रौतहट । गीतकार एवं कवि चेतन कार्कीको आज बिहान निधन भएको छ । छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत ८४ वर्षीय काकीको आइतबार बिहान मृत्यु भएको चलचित्र पत्रकार विकास रौनियारले जनाए ।

रौनियारले दिएका जानकारी अनुसार वैशाख १६ गते उनी भारतको देहरादूनबाट काठमाडौं आएका थिए । नेपाल फर्कपछि उनका स्वास्थ्यमा समस्या भएको थियो । ज्वरो आएपछि, उनलाई अस्पताल भर्ना गरि उनका पीसआिर परीक्षण गर्दा कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपन्यासकार एवं चलचित्रकर्मी कार्कीले नेपालीसँगै हिन्दी र उर्दू भाषामा पनि कलम चलाएका छन् । उनका कविताकृत नेपाली, हिन्दी र उर्दू भाषामा प्रकाशित छन् ।

उनले ५० भन्दा बढी चललिचमा काम गरेका छन् । कथा तथा पटकथा लेखनसँगै निर्देशनमा पनि उनको भूमिका रहेको थियो ।