साउनको पहिलो सोमबार पशुपति नखुल्ने, बाहिरैबाट दर्शन गर्नुपर्ने

   ४ श्रावण २०७७, आईतवार १४:१८  

साउन ४, रौतहट । कोरोना भईरसका कारण साउन ७ गतेसम्म लकडाउ गरिएको ले यस वर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागी नखुल्ने भएको छ ।
भारत तथा नेपालको विभिन्न जिल्लाहरुबाट यहाँ बोलबम आउने गर्छन् ।  हरेक बर्ष साउनमा प्राय सोमबार पशुपतिनाथमा विशेष भिडभाड हुने गर्दछ । भक्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथलाई चढाउने गरेका थिए, तर अहिले हाल मन्दिरमा नित्य पुजा मात्र भईरहेको छ ।

सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ । लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन ।
तर मठमन्दिर वा बढी भिडभाड हुने क्षेत्र भने खुलेको छैन । आस्था भक्तिले आउनु भएका दर्शनार्थीहरुलाई पूर्णत रोक लगाउन नमिल्ने भएकाले आएका दशनार्थीलाई मन्दिर परिसरबाट दर्शन गरेर जान सक्ने कोषले जनाएको छ । त्यस्तै यस बर्ष बोलबम यात्रा पनि नहुने भएको छ ।