मदनकृष्ण श्रेष्ठले अस्पतालमै मनाए आफ्नो जन्मदिन

   ३१ बैशाख २०७८, शुक्रबार १५:१४  

३१ बैशाख, रौतहट । वरिष्ठ हाँस्य कलाकार कलाकार मदनकृष्ण श्रेष्ठले आज आफ्नो जन्मदिन अस्पतालबाटै मनाएका छन् ।

शुक्रबार अक्षय तृतीया नेपाली तिथिअनुसार परेको आफ्नो जन्मदिन उनले अस्पतालमै मनाएका हुन् ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएपछि, मेडिसिटी अस्पतालमा उपचाररत श्रेष्ठले मेडिसी अस्पतालमै जन्मदिन मनाइएका छन् ।

मदनकृष्ण श्रेष्ठकी छोरी सरना श्रेष्ठले अस्पतालमै पीपीई सेट लगाएर बुबाको जन्मदिन मनाएकी हुन् । जन्मदिनको अवसरमा सपरिवारले अस्पतालमै गएर सप्राईज तरिकाले सेलिब्रेसन गरेका हुन् । मदनकृष्णको स्वास्थ्यमा सुधार आइरहेको छ ।

अस्पतालबाटै मदनकृष्णले सबैलाई सुरक्षित रहन आग्रह समेत गरेका छन् ।