सौतेनी आमाले कुटदा बालकको मृत्यु
रौतहट, ४ श्रावण ।
रौतहटमा आमाको कुटाईको कारण छोराको मृत्यु भएको छ । आफ्नो छोरालाई पिटेको निहुमा सौतेनी आमाले कुटदा एक ५ बर्षिय बालकको मृत्यु भएको हो ।
रौतहटको देवाही गोनाही नगरपालिका ४ दोहर टोलमा सौतेनी आमाको कुटाइ बाट छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई बालकहरु बिच भएको झगडा पश्चात आफ्नो छोरालाई पिटेको भन्दै स्थानीय गणेश सहनिको २० बर्षीया श्रीमती फुलवादेवि सहनीले सौताको छोरा ५ बर्षीय कृष्ण सहनिलाई कुटपिट गरेको थिइन् ।
गम्भीर चोटपटक लागेका ५ बर्षिय बालक कृष्ण सहनी को उपचारको क्रममा आज अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । कुटपिट गर्ने आरोपी महिला नियन्त्रणमा रहेकोे र घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताए ।