प्रचण्डनिवासमा बेग्लै बैठक, बामदेव र बादल गएनन

   ४ श्रावण २०७७, आईतवार ०७:१७  

साउन ४, रौतहट । आज बिहान ९ बजेदेखी सचिवालयका चार नेताहरुलाई बोलाएर प्रचण्डनिवास खुमलटारमा छलफल भइरहेको छ । ओलीसैगको कुराकानीबारे प्रष्टयाउने छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन । ओलीको प्रस्तावमा तीननेताले महाधिवेशन मंसिरमा असम्भव रहेको भन्दै असहमति जनाएका छन ।

पार्टीका नेताहरुले असन्तुष्टीजनाए पछि प्रचण्डले आइतबार बिहान उनीहरुसँग परामशका लागी बैठक बोलाएका हुन ।

यसअघि खुमलटार बैठकमा सहभागी हुने गरेका सचिवालय सदस्य रामबहादुर थापा बादल भने खुमलटारको छलफलमा सहभागी भएनन । बादलले ओलीको प्रस्तावमा समर्थन जनाइसकेका छन् । यद्यपि उनी अन्य काममा व्यस्त भएकाले छलफलमा आउन नभ्याएको खुमलटार स्रोतको दाबी छ ।

प्रचण्डलाई पार्टीका नेता उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलले एक्लारएक्लै भेटेका लागी भनेका छन ।

ओलीले तत्काल आफूमाथिको संकट टार्न महाधिवेशनको बल्छी फालेको माधव नेपाल पक्षको बुझाइ छ । प्रचण्डसँग माधव नेपाल असन्तुष्ट बनेपछि खुमलटारमा पुनः छलफल भएको हो । अपराह्न स्थायी कमिटी बैठक बस्ने भनिए पनि अन्योल कायमै छ ।

बैठकमा महाधिवेशन लगायत प्याकेज सहमतिको प्रस्ताव पेस गर्ने भनिए पनि प्रचण्डले आफ्नो समूहका नेतासँग परामर्श थालेपछि बालुवाटार झस्किएको छ ।