बाराको गढीमाई क्षेत्र विकासको दृष्टीकोणले पछाडि
२१ बैशाख, रौतहट । धार्मिक पर्यटनको मुख्य आधार भएपनि गढीमाई क्षेत्र विकासको दृष्टीकोणले पछाडि नै परेको छ । बारा जिल्लामा रहेको गढीमाई मन्दिर ओझेलमा परेको हो ।
भारत र नेपालकै विभिन्न जिल्लाहरुबाट आउने दर्शनार्थीहरुको संख्या बढेपनि व्यवस्थापनमा सुधार हुन सकेको छैन । संघीय सरकारले घोषणा गरेको वृहत गढीमाई गुरुयोजना, प्रदेश सरकारको प्रादेशिक महत्वका धार्मिक, पर्यटकीय पूर्वाधार निर्माण र स्थानीय सरकारको वार्षिक योजनासमेत कागजमै सीमित भएको छ ।
प्रदेश सरकारको सहयोगमा गढीमाइमा ७ करोड ६० लाख रुपैयाँको विवाह मण्डप र धर्मशाला निर्माण गर्ने योजना शिल्यान्यास गरेसँगै त्यसै थन्किएको छ ।






