सुनको भाउ बढ्यो, चाँदीको मूल्य स्थिर
१९ बैशाख, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको भाउ आज १ सय रुपैँयाले बढेर तोलामा ९० हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, महासंका अनुसार तेजाबी सुनको कारोबार आज प्रतितोलामा ८९ हजार ५ सय रुपैयाँमा भइरहेको छ ।
त्यसैगरी, सुनको भाउमा वृद्धि भएपनि चाँदीको मूल्य स्थिर नै रहेको छ । शुक्रबार प्रतितोलामा १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही भाउमा बिक्रि भइरहेको महासंघले जानकारी दिए ।






