जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचन भुटनदेवी माविमा हुने

   १७ बैशाख २०७८, शुक्रबार १५:३०  

१७ बैशाख, रौतहट । अगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदानस्थल निर्वाचन आयोगले तोकेको छ ।

आयोगले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको स्रोतले जानकारी दिएको छ ।

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र(ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ ।