कति पुग्यो सुनचाँदीको मूल्य
१७ बैशाअ, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर प्रतितोलामा ८९ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको भाउ शुक्रबार घटेर तोलाको ८९ हजार ४ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएर फेरि १३ सय तल आइपुगेको छ । हिजो तोलामा १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज प्रतितोलामा १ हजार २ सय ९५ निर्धारण भएको महासंघले जनाएको छ ।






