खानेपानी तथा सरसफाई मन्त्री मणि थापालाई कोरोना पुष्टि

   १७ बैशाख २०७८, शुक्रबार १२:२५  

१७ बैशाख, रौतहट । खानेपानी तथा सरसफाई मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । छोरीलाई कोरोना भएपछि बिहीबार नै उनले पनि पिसिआर परिक्षण्का लागि स्वाब दिएका थिए ।

कोरोनाको सामान्य लक्षण मात्र देखिएको थापाले काठमाडौं प्रेसलाई जानकारी दिए । छोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि थापा केही दिनदेखि होम आइसोलेसनमा बसे आएका थिए ।