सुनचाँदीको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
१५ बैशाख २०७८, बुधबार ११:४६
१५ बैशाख, रौतहट । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार तोलामा ९०हजार ५ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य घटेर आज प्रतितोलामा ९० हजार रुपैयाँ तोकिएको महासंघले जनाएको हो । त्यसैगरी, चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ । १० रुपैयाँ घटेर आज चाँदीको भाउ १ हजार ३ सय ५ रुपैयाँ निर्धाण गरिएको महासंघले जनाएको छ ।