कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालन गरिने
द नेपाल मिडिया
१० बैशाख २०७८, शुक्रबार १५:४२
१० बैशाख, रौतहट । कञ्चनपुरमा रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको हो ।
निजी क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको छ । कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ।
कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ ।






