फेरि खानेतेलको मूल्यमा वृद्धि

   १० बैशाख २०७८, शुक्रबार १२:५३  

१० बैशाख, रौतहट । बजारमा ब्रान्ड हेरेर तोरीको तेल प्रतिलिटर १० देखि २५ रुपैयाँले बढेको छ । गत कात्तिकमा खानेतेलको मूल्य बढाउँदा केही व्यवसायीहरु कारवाहीमा परेका थिए । अहिले सरकारी नियामक निकायकै मिलेमतोमा मूल्य बढाइएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ ।

अहिले खाने तेलको मूल्य प्रतिलिटर १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले वृद्धि भएको छ । रिफाइनरी इन्धन तेलको मूल्य क्रमिकरूपमा बढिरहेका बेला आम सर्वसाधारणको प्रत्यक्ष चुलोसँग जोडिएको अत्यावश्यक वस्तुको मूल्य बढेको हो ।

पछिल्लो समय बजारमा गुणस्तर र कम्पनी हेरेर खाने तेलको मूल्यमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले मूल्य बढाएको नेपाल खुद्रा व्यापार सङ्घले जनाए