सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   १० बैशाख २०७८, शुक्रबार ११:३४  

१० बैशाख, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य तोलामा ९१ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । प्रतितोलामा १५ रुपैयाँ घटेर चाँदीको कारोबार आज १ हजार ३ सय ३५ रुपैयाँमा भइरहेको महासंघले जनाए ।

यसअघि बिहीबार चाँदीको कारोबार प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा भएको थियो ।