कतारको रियाली नोट नेपालमा बन्द हुँदै
८ वैशाख, रौतहट । आउदो वैशाख २७ गते देखि कतारी रियालको कारोबार नेपालमा बन्द हुने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालयले एक सुचना मार्फत सो जानकारी गराएका छन् ।
केन्द्रले मंगलबार प्रथम पटक चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु सटही गर्नेसम्बन्धी एउटा सुचना प्रकाशित गरेका छन् ।
कतारको केन्द्रीय बैंकले निष्काशन गरेको चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु उक्त बैंकले सन् २०२१ जुलाई १ पश्चात् चलनचल्तीबाट हटाउने निर्णय गरेको छ जस कारण अब कतारी रियाल बैंक नोटहरु नेपालमा नचलाउने भएको छ ।
नेपाल राष्ट्र बैंकको केन्द्र कार्यालयले कैसै सँग त्यस्ता कतारी रियल भएमा २०७८ वैशाख २७ गतेभित्र बैंकबाट बदलिन अनुरोध गरेका छन् ।
अब वैशाख २७ बाट कतारको रियाल नोटहरु नेपाल राष्ट्र बैंकले बन्द गर्ने छ ।