त्रिदेशीय खेलमा नेपालको पहिलो हार
द नेपाल मिडिया
७ बैशाख २०७८, मंगलवार १७:५१
७ वैशाख, रौतहट । नेपालमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्स तिन विकेटले विजयी भएको छ । आज टियुको मैदानमा भएको खेलमा नेपाल नेदरल्याड्ससँग ३ विकेटले पराजित भएको छ ।
जारी त्रिदेशीय खेलमा नेपालको यो पहिलो हार हो । यो हारपछि अब नेपालले फाइनलमा पुग्नका लागि अर्को खेल कुर्नु पर्ने भएको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएका ब्याट्सम्यान बास डी लिडेले ३ बल बाकीँ हुदानै नेपालले दिएको र्निधारित लक्ष्य पुरा गर्न सफल भएका थिए ।
यसअघिको दुई खेलमा नेपालको शानदार प्रर्दशन देखिएको थियो । तर आजको खेलले नेपाली खेलाडीको मनोबल भन्ने कम भएको छ ।