त्रिदेशीय क्रिकेट प्रतियोगितामा दर्शकलाई प्रवेश निषेध
द नेपाल मिडिया
७ बैशाख २०७८, मंगलवार १२:१२
७ बैशाख, रौतहट । किर्तिपुर खेल मैदानमा जारी त्रिदेशीय क्रिकेट प्रतियोगितामा दर्शकलाई प्रवेश निषेध गरिएको छ ।
टी–२० क्रिकेटको आजबाट हुने बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागी सरकारले बनाएको निर्देशिका अनुसार बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए ।
क्यानले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने सरकारको निर्णय अनुसार त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ ।
यस निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्यानले क्षमा मागेको छ । प्रतियोगिता अन्र्तगत आज नेपालले नेदरल्याण्डविरुद्ध खेल्दैछ ।