नेपाल र नेदरल्यान्डस् बीच आज खेल हुने
७ वैशाख, रौतहट । टियुुको मैदानमा जारी त्रिकोणात्मक टि २० आई सिरिजमा आज नेपाल र नेदरल्यान्डस् बीच खेल हुनेछ ।
पहिलो खेलमा नेदरल्यान्डस् लाइ ९ विकेटले र दोस्रो खेलमा मलेसियालाई पराजित गरेको जितसँगै अब नेपालको मनोबल झन बढेको छ । नेपालले ४ अंक जोडिसकेको छ भने नेदरल्यान्डस् आफ्ना दुई खेल सकिँदा २ अकं मात्र जोडेको छ ।
यसअघिकोे मलेसिया नेदरल्यान्डस् सँग पराजित भएको थियो । मलेसियाले आफ्नो दुवै खेल गुमाएको छ ।
नेपालको टिमबाट ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी , करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल र साहब आलम खेल्ने छन ।
सरकारले सोमबार २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको संघका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।






