कोरोनाका कारण फेरि फिल्म हल बन्द गर्ने सरकारको निर्णय
६ बैशाख, रौतहट । नेपालमा कोरोना संक्रमण बढेसंगै फेरि फिल्म हल प्रभावित हुन थालेको छ । विश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमण बढेसँगै सोमवार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो ।
गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन ।
स्वास्थ्य मापदण्ड पालन गर्दै सरकारले केही महिना पहिले मात्र फिल्म हल खोल्न अनुमति दिएको थियो ।
यस्तै, आज बसेको बैठकमा सरकारले बैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय बैशाख महिनाभर बन्द गर्ने निर्णय समेत गरेको छ ।






