विद्यालय पुन सुचारु गर्न प्याब्सनले बुझायो सुझाव सहित ज्ञापनपत्र

   २ श्रावण २०७७, शुक्रबार ०९:११  

साउन २, रौतहट । कोरोना महामारी पछि लामो समय देखि बन्द रहेको विद्यालय पुनः सुचारु गर्न विभिन्न सुझाव सहित प्याब्सन रौतहटले जिल्लाका विभिन्न पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ ।


कोरोना भाईरस (कोभिड १९)का कारण सृजित समस्याहरुको सामाधानका लागि पटक पटक नेपाल सरकारलाई प्याब्सन को तर्फबाट आग्रह गरेको वावजुद अहिले सम्म कुनै ठोस निष्किर्ष नआए पछि विद्यालयहरुले आप्ना गतिविधिहरु सञ्चालन गर्न आर्थिक तथा नैतिक दृष्टिकोणले दिनानु दिन अप्ठ्यारो बन्दै गएकोले हाल सञ्चालनमा रहेका सिकाईका वैकल्पिक विधिहरु अर्को सुचना प्राप्त नभए सम्म निजी विद्यालयहरुका सबै गतिविधिहरु बन्द गर्ने निर्णय प्याब्सनले गरेको छ ।

आज बुझाइएको ज्ञापन पत्रमा कोरोना भाईरसका कारण तहस नहस भएको विधार्थीहरुको पठनपाठनलाई सुचारु गर्ने, नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापना मिलाउन प्याब्सनले अनुरोध गरेको छ ।

अनलाईन कक्षा र भर्चुअल कक्षाहरुबाट बैकल्पीक शिक्षण पद्धति मात्र भएको, र नेपाली समाजमा अहिले यो अनलाईन कक्षा र भर्चुअल कक्षाहरुका पहँुचबाट धेरै विद्यार्थीहरु बन्चित रहेका कारण आवश्यक पूर्वाधार व्यवस्था तथा जोर विजोर वा आलोपालो गरी कक्षा संचालन गरि विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था मिलाउन संगठनले माग गरेको छ ।
कतिपय विद्यायका भवनहरु विदेशबाट आएको नेपाली नागरिककोका लागी क्वारेटिन बनाउन प्रयोग भएकोले सो स्थानमा स्थानान्तरण गरी निर्मलीकरणको व्यवस्था गर्न तथा शैक्षिक सत्रको बिदाहरु कटौती गर्दै बढी दिन सम्म विद्यालयका कक्षाहरु संचालन हुने गरी क्यालेण्डर निर्माण गर्न समेत प्याब्सनले आग्रह गरेको छ ।

२०७६ को बाँकी वक्यौता उठाउन नसकेको र शौक्षिक सत्र २०७७ मा विद्यालयहरुले शिक्षा निमावली अनुसार तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धताका आधारमा १ महिनाको मासिक पढाई शुल्क छुट गरी अन्य शुल्कहरु संकलन गर्ने र विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुको तलव, भत्ता लगायत अन्य खर्चको व्यवस्थापनमा उचित सहयोगका लागी सरकारले व्यवस्था मिलाई सहयोग गरिदिनका लागी समेत प्याब्सनले अनुरोध गरेको छ ।
केन्द्रीय कार्यक्रम अनुसार आज प्याब्सनले देश भरिका पालिकाहरुमा ज्ञापन पत्र बुझाएको रौतहट प्याब्सनका अध्यक्ष विरेन्द्र ठाकुरले बताए ।