सुनको मूल्य वृद्धि, चाँदीको भाउ स्थिर
द नेपाल मिडिया
५ बैशाख २०७८, आईतवार १३:४१
५ बैशाख, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार बढेर तोलामा ९० हजार ७ सय रुपैयाँ कायम भएको हो ।
त्यस्तै, आइतबार तेजावी सुनको कारोबार प्रतितोलामा ९० हजार २ सय रुपैयाँमा भइरहेको छ ।
त्यसैगरी, सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर नै रहेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।






